२७ भदौ, काठमाडौं । सरकारले भारतसँग गर्न लागेको विद्युत् व्यापार सम्झौता -पिटिए)को विरोधमा आन्दोलनरत नेकपा-माओवादीसहित दलले सम्झौताका प्रति जलाएका छन् ।
बिहान १० देखि १२ बजेसम्म सिंहदरबारको दक्षिण ढोका नजिकै धर्ना दिँदै सम्झौताका प्रति जलाएका हुन् ।
धर्ना कार्यक्रममा आन्दोलनरत दलका नेताहरुले पिटिए सम्झौता राष्ट्रहित विपरीत भएको भन्दै सम्झौता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । उनीहरुले विश्वकै सबैभन्दा सस्तो विद्युत् आयोजना माथिल्लो कर्णाली आयोजना नेपाल सरकारले आफैँ बनाउनुपर्नेमा जोड दिँदै भारतलाई आयोजना बनाउन दिन नहुने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4