५ असोज, काठमाडौं । सदभावना पार्टीका सभासद लक्ष्मण लाल कर्णले सरकारले सीके राउतलाई हिरो बनाउन खोजेको आरोप लगाएका छन् ।
विपक्षी दलहरुले आइतबार संसदको बैठक अवरुद्ध गर्नुअघि कर्णले सरकारले राउतलाई अगाडि सारेर संघीयतालाई दबाउन खोजेका आरोप लगाए ।

‘मधेसका कुनै पनि जनता र मधेसी दलले छुटि्टने माग राखेका छैनन्’ राउतले सम्वाद समितिमा आएर आफ्नो धारणा राखेलेको भन्दै उनले भने-‘संविधान निर्माण हुँदा मधेसको भेदभाव अन्त्य भएन भने मधेस छुटि्टन पाउनुपर्छ केही भएन । अहिले किन पक्राउ परे ?’
राउतलाई हिरो बनाएर मधेसी पार्टीहरुलाई समाप्त पार्न खोजेको भन्दै उनले भने-‘सरकारले राउतलाई पक्राउ गरेर मधेसमा हिरो बनाउन खोजेको छ ।’
सीके राउत सक्दैले देश टुक्राउन सक्छ भन्ने प्रश्न गर्दै सभासद कर्णले राउतलाई पक्राउ गरेर सरकारले मधेसमा हिलो छ्याप्ने काम गरेको बताए ।
राउत अमरण अनशनमा बसे के परिणाम हुन्छ भनी उनले प्रश्न समेत गरेका छन् ।
राउत अघिल्लो शनिबार मोरङको रंगेलीबाट पक्राउ परेका थिए । राउतको बन्दी प्रत्यक्षीकरणसम्वन्धी रिटमा विशेष अदालतलाई पनि विपक्षी बनाउँदै थुनामा राख्नुको कारण मागेको छ ।
लगतै प्रहरीले राउतलाई विशेष अदालतमा लगेर थप दुई दिन न्यायिक हिरासतमा राख्न अनुमति लिएको छ ।
प्रतिक्रिया 4