७ असोज, धनगढी । डोटीमा आमाको किरिया बसेका एक जना व्यक्ति बलात्कार आरोपमा पक्राउ परेका छन् ।
आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
उनलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय आर्दशको टोलीले पक्राउ गरेको हो ।
डीएसपी भट्टराईका अनुसार रैकालले ३१ भदौमा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्तीकरणी गर्दै ३० हजार रुपैयाँसमेत लुटेको आरोप छ ।
स्रोतकाअनुसार घटनापछि फरार भएका रैकाल शनिबार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र घर आएका थिए ।
आमाको दाहसंस्कार सकेर किरिया बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4