Comments Add Comment

महिलामा स्कर्टको साइज बढ्दा स्तन क्यान्सरको खतरा

Woman-sitting-down
युवा अवस्था पछि उमेर छिप्पिँदै जाँदा स्कर्टको साइज समेत बढ्दै जाने महिलामा स्तन क्यान्सरको जोखिम उच्च हुने एक अध्ययनले देखाएको छ ।

२५ वर्षको उमेरपछि महिनावारी रोकिँदासम्म हरेक १० वर्षमा स्कर्ट साइज १२ देखि १४ सम्म बढ्ने महिलामा क्यान्सरको जोखिम ३३ प्रतिशतले बढ्ने पाइएको छ ।

स्कर्टको साइज बढ्नुको मतलब महिलाको कम्मरको साइज बढ्नु हो । तौल बढ्नु आफैमा खतरा सूचक संकेत रहेको र अझ कम्मरको आकार बढ्दै जानु झनै खतरनाक हुने वैज्ञानिकहरुको भनाई छ ।

बेलायतमा ५० वर्ष र सो भन्दा पाका ९० हजार महिलामा मोटोपनाको अध्ययन गरेर यस्तो निष्कर्ष निकालिएको हो, जसमा स्तन क्यान्सर भएको थाहा थिएन ।

त्यसक्रममा जुन महिलालाई २५ वर्ष पछाडि महिनावारी रोकिँदासम्मको अवधिमा हरेक १० वर्षमा स्कर्टको आकार एक तह माथिल्लो बनाउनुपर्छ त्यस्ता महिलामा स्तन क्यान्सरको खतरा ३३ प्रतिशतले बढेको पाइएको छ । उमेर बढ्दै जाँदा स्कर्टको आकार जति धेरै बढाउनुपर्ने हुन्छ क्यान्सरको जोखिम उति नै धेरै बढ्ने शोधकर्ताहरुको ठम्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment