+
+

गाई मारेको अभियोगमा एकजना पक्राउ

२६ असोज, दाङ । गाई मारेको अभियोगमा दाङ प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सैघा गाविस-७ नयाँबस्तीका ४३ वर्षीय माघे पुनलाई गाई मारेको अभियोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १३:१९

निमुसंगम घर्ति
२६ असोज, दाङ । गाई मारेको अभियोगमा दाङ प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सैघा गाविस-७ नयाँबस्तीका ४३ वर्षीय माघे पुनलाई गाई मारेको अभियोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बारीमा पसेको गाईलाई फरुवाले हानेर मारेको उनीमाथि अभियोग लागेको छ ।

पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक बद्रिप्रसाद ढकालले जानकारी दिए । बयानका लागि सोमबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराउने उनले बताए ।

पुनले मासु खानका लागि गाई मारेको प्रहरीमा बयान दिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले जानकारी दिए ।

मुलुकी ऐनको चौपाया महलमा जानेरै गाई मारेको अवस्थामा १२ बर्ष जेल सजाय हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?