मुम्बई । शाहरुख खान २६ वर्षको उमेरमा बलिउड फिल्म उद्योगमा प्रवेश गरेका थिए । तर, उनका कान्छा छोरा अबरामले दुई वर्षकै उमेरमा फिल्ममा अभिनय गरेका छन् ।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्याप्पी न्यु इयर’मा अबरामले पनि अभिनय गरेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । साथै यस फिल्ममा शाहरुखकी पत्नी गौरी खानले पनि अभिनय गरेकी छिन् । उनि विषेश भुमिकामा देखिदैछिन् ।
केही दिन अघि मात्रै शाहरुखले ट्वीटर मार्फत कान्छा छोरा अबरामको तस्बिर सार्वजनिक गरेका थिए । गौरीको भनाइ अनुसार गौरी सुटिङका लागि तयार थिइन् त्यहि वेला निर्देशक फराह खानले अबरामलाई पनि अभिनय गराउने कुरा गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4