+
+

शिकागोवासीलाई नचाउने तयारीमा मिलन लामा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ४ गते १२:०३

milan lamaशिकागो । अमेरिकामा बस्दै आएका नेपालीलाई नचाउने तयारीमा छन् गायक मिलन लामा । अमेरिकामा कम्तिमा १५ ठाउँमा स्टेज कार्यक्रम गरेर केही आम्दानी गर्नुका साथै चेपाङ बालबालिकालाई किताब कापीको जोहो गर्ने उनको योजना थियो ।

तर, अहिले अमेरिकामै महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)को महजात्रा सुरु भएकाले लामा केही छायाँमा परेका छन् । ‘कम्तिमा १० वटा शहरमा कार्यक्रम गर्छौं भनेर लामाजीलाई बोलाइयो अहिले कार्यक्रम  गर्न गाह्रो परिरहेको छ,’ टेक्सासमा बस्दै आएका नेपाली समुदायका अगुवा कमल पौडेलले अनलाइनखबरसंग भने ।

लामाले टेक्सास र सानफ्रान्सिस्कोमा कार्यक्रम गरिसकेका छन् भने अक्टोबर २७ तारिखमा शिकागोवासीलाई नचाउने योजनामा छन् । स्थानिय एजुकेशन फाउण्डेशनको ब्यानरमा सम्पन्न हुने कार्यक्रमका लागि पौडेलकै संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति समेत बनेको छ ।

समितिमा फाउण्डेसनका सभापति बाला घिमिरे, ऋषिराम गैरे, बाबुराम सापकोटा, अर्जुन सुवेदी, भीम भण्डारी, दुर्गा चपागाइ, रेमकान्त बिक, भोज घिमिरे, मिन दर्लामी, पशुपति डल्लाकोटी, गणेश थापा, शरद पोखरेल र डा. रामकृष्ण शाह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?