
८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
आज बिहान प्रचण्ड निवास पुगेर मिश्रले प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको मिश्रले बताएका छन् । र, त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले बताए ।
प्रचण्डले पनि अब यही स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने निष्कर्षमा पुगेको बताएको मिश्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
मिश्रका अनुसार अब यही अवस्थामा देश नचल्ने बताउँदै प्रचण्डले ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसकेको बताएका थिए ।
प्रचण्डले पञ्चायतकालमा धेरै राम्रो काम भएको महुसुस भएको र राजा महेन्द्रलाई भिजनरी राजा रहेछन् भन्ने थाहा पाएको बताएको मिश्रको दाबी छ ।
प्रचण्डले देशमा विदेशीको चरम हस्तक्षेप भएकोसमेत स्वीकार गरेको मिश्रले बताएका छन् ।
प्रचण्डसँग मनका कुरा!
हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।
“अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।” लामो… pic.twitter.com/WBpbjXYHho
— Rabindra Mishra (@RabindraMishra) September 24, 2024
प्रतिक्रिया 4