११ कात्तिक, काठमाडौं । तिहारपछि पनि स्थानिय बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारपछि सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको छ ।
कात्तिक ५ गते तोलाको ५२ हजार ७ सय रुपैयाँमा किनबेच भएको सुन ११ गते ५१ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
तिहारपछि बजार खुल्दा सुनको भाउ तोलामा ७ रुपैयाँ घटेर किनबेच भएको थियो । १० गते स्थिर रहेर किनबेच भएको सुन ११ गते तोलामा ४ सय रुपैयाँ घटेर किनबेच हुन पुगेको हो ।
पछिल्ला दिनहरुमा सुनको भाउ ओरालो लागिरहेको छ । सुनको खरिद बिक्री बढी हुने दिपावलीमा समेत सुनको भाउ ओरालो लाग्यो ।
चाँदीको भाउ पनि ओरालो लाग्ने क्रम जारी रहेको छ । कात्तिक ५ गते तोलाको ७ सय ४५ रुपैयाँमा किनबेच भएको चाँदी ११ गते ४५ रुपैयाँ घट्दै ७ सय २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4