१४ कात्तिक, मेलम्ची । गत आर्थिक वर्षमा सिन्धुपाल्चोकबाट मात्रै दुई हजार ५ सय महिला वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार यो सङ्ख्या देशभरबाटै सबैभन्दा बढी हो । धेरै महिला कामदार जाने जिल्लामा सिन्धुपाल्चोक पहिलो नम्बरमा परेको छ ।
देशका पचहत्तरै जिल्लाबाट कामको खोजीमा विदेशिने महिलाको तथ्यांक सङ्कलन गर्दा सिन्धुपाल्चोक सबैभन्दा अगाडि आएको विभागले जनाएको छ ।
गरिबी, बेरोजगारी र देखासिकीको भरमा जिल्लाबाट महिला कामदार कुबेत, बहराइन, साउदी अरेबिया लगायतका मुलुकमा जाने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
सिन्धुपाल्चोक दशक लामो आन्तरिक द्वन्द्वले धेरै प्रभावित हुने जिल्लामध्येमा पर्छ । यसले पनि महिलालाई विदेश जान बढी उत्प्रेरित गरेको बताइएको छ ।
सो आवमा मुलुकभरबाट २९ हजार १५२ जना नेपाली महिला वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा गएको विभागको तथ्यांकमा उल्लेख छ । रासस
प्रतिक्रिया 4