+
+

अछाममा टेलिकमका नक्कली रिचार्ज कार्ड छ्याप्छ्याप्ती

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते १३:३९

२० कात्तिक, अछाम । अछाममा नेपाल टेलिकमका नक्कली रिचार्ज कार्ड बिक्री वितरण हुने गरेका छन् । जिल्लाका व्यापारिक केन्द्रमा रहेका डिलरबाट नमस्तेको एक सय रूपैयाँको नक्कली रिचार्ज कार्ड बिक्री हुने गरेको पाइएको हो ।

NTCजिल्ला सदरमुकाममा रहेको एक डिलरबाट तीन हजारका रिचार्ज कार्ड लिएको र आफूले रिचार्ज गर्दा नभएको अछामको चालसा गाविसका जीवन थापाले बताए ।

बजारमा आएका नक्कली रिचार्ज कार्डको मारमा आफू परेको रानीवन गाविसका अम्मर न्यौपानेले बताए । यस्तै जिल्लाको कुईका गाविसका लोकराज ढकालले स्थानीय बजारमा आफूले खरिद गरेको दुईवटा नमस्तेको रिचार्जकार्ड रिचार्ज नभएको नेपाल टेलिकमको सर्भिस सेन्टरमा सोध्दा उक्त रिचार्ज कार्ड नम्बर नरहेको र स्थानीय डिलरमा लैजान भनेकाले आफू डिलरमा जाँदा रिचार्ज फिर्ता नपाएको बताएका छन् ।

मंगलसैन नगरपालिका-६ का देवराज भण्डारीले र विनायकका रामबहादुर रावतले खरिद गरेको रिचार्ज कार्ड पनि यस्तै भएको थियो ।

जिल्लामा बिक्री वितरण भएर उपभोक्ता ठगिँदा पनि नेपाल टेलिकमले भने आँखा चिम्लेर बसिरहेको छ । यसबारे नेपाल टेलिकमको शाखा कार्यालयलाई भने जानकारी नभएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?