पुष्प दुलाल
२८ कात्तिक काठमाडौं । आर्थिक वर्ष २०७०/०७१ को असोज मसान्तको वित्तीय विवरण सार्वजानिक गर्ने १६ वाणिज्य बैंकहरुले ३ अर्ब ४५ करोड रुपैयाा खुद नाफा कमाएका छन् ।
यो गत वर्षको सोही अवधिकोभन्दा औषत १३ प्रतिशत अर्थात ६२ करोड रुपैयााले बढी हो । गत वर्षको असोजमा यी १६ बैंकले २ अर्ब ८३ करोड रुपैयाा खुद नाफा कमाएका थिए ।
व्याज आम्दानी, राइटव्याक (संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता) र बैदेशिक मुद्राको कारोबारबाट भएको आम्दानी नै बैंकहरुको नाफाको मुख्य स्रोत हो ।
देशभर ‘क’ वर्गका ३० वटा बैंक छन । जसमध्ये १४ वटाले वित्तीय विवरण सार्वजानिक गरिसकेका छैनन । हरेक त्रैमास सकिएको ३५ दिनभित्र वित्तीय विवरण सार्वजानिक गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकको छ । जसअनुसार बााकी १४ बैंकले आगामी मंसिर ५ गतेसम्ममा वित्तीय विवरण सार्वजानिक गरिसक्नु पर्नेछ ।
गत वर्षको असोजमा ५ करोड ९८ लाख रुपैयााले घाटामा रहेको जनता बैंकले यो वर्षको असोजमा २ करोड १३ लाख रुपैयाा नाफा कमाएको छ । यद्यपि बैंक २ करोड १० लाख रुपैयााले सञ्चालन नोक्सानीमा छ ।
तर, गत वर्षको असोजमा २७ करोड १४ लाख रुपैयाा नाफा कमाएको ग्लोवल आइएमई बैंकले भने यो असोजमा २२ करोड २७ लाख रुपैयाा मात्रै नाफा कमाएको छ । यो १७.९२ प्रतिशतले कम हो ।
अन्य बैंकहरु गत वर्षको असोजमा पनि नाफामा थिए । नाफाको वृद्धिदरको प्रतिशतका आधारमा लुम्बीनी, एनसीसी, जनता र माछापुछ्रे बैंकको नाफा सबैभन्दा धेरैले बढेको छ । लुम्बीनीको २२४ प्रतिशत, एनसीसीको २१५ प्रतिशत, जनताको १३५ प्रतिशत र माछापुछ्रेको ११७ प्रतिशतले नाफा बढाएका छन् ।
ठूला बैंकहरुको नाफाको वृद्धिदर निकै कम छ । स्टान्डर्ड चार्टर्डको ४.६६ प्रतिशत, सिटिजन बैंकको ६.३२ प्रतिशत, इन्भेष्टमेन्ट बैंकको ६.२१ प्रतिशत र एनआइसि एसियाको ६.४३ प्रतिशतले मात्रै बढेको छ । नविल बैंकको नाफा १०.२६ प्रतिशतले बढेको छ ।
Bank | this quater (Rs.000) | previous year (Rs.000) | Different (Rs.000) | perecnt |
---|---|---|---|---|
Bank Of Kathmandu | 165867 | 122208 | 43659 | 35.73 |
Citizens Bank | 110343 | 103787 | 6556 | 6.32 |
NMB Bank | 142793 | 90806 | 51987 | 57.25 |
Sanima Bank | 130926 | 86309 | 44617 | 51.69 |
Nepal SBI Bank | 256210 | 222797 | 33413 | 15.00 |
Everest Bank | 391137 | 351094 | 40043 | 11.41 |
Global IME Bank | 222785 | 271428 | -48643 | -17.92 |
Machhapuchchhre Bank | 190355 | 87403 | 102952 | 117.79 |
Nabil Bank | 504859 | 457898 | 46961 | 10.26 |
Nepal Investment Bank | 491318 | 462610 | 28708 | 6.21 |
NIC Asia Bank | 154263 | 144948 | 9315 | 6.43 |
Siddhartha Bank | 144152 | 105611 | 38541 | 36.49 |
Standard Chartered Bank | 349772 | 334205 | 15567 | 4.66 |
Janata Bank | 21362 | -59826 | 81188 | -135.71 |
Lumbini Bank | 80617 | 24811 | 55806 | 224.92 |
Ncc Bank | 102789 | 32588 | 70291 | 215 |
त्यसैगरी एनएमबि बैंकको ५७.२५ प्रतिशत, सानिमा बैंकको ५१.६९ प्रतिशत, सिद्धार्थ बैंकको ३६.४९ प्रतिशत, बैंक अफ काठमाण्डूको ३५.७३ प्रतिशत, एसबिआई बैंकको १५ प्रतिशत र एभरेष्ट बैंकको नाफा ११.४१ प्रतिशतले नाफा बढाएका छन् ।
राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको व्याज अन्तर (स्प्रेड) मा कडाई गरेपछि ठूला र पुराना बैंकको व्याज आम्दानीमा असर परेपछि नाफाको वृद्धिदर कम भएको हो ।
त्यसो त पुराना बैंकहरुको कारोबारको आकार ठूलो र नाफा पनि बढी भएको हुनाले मोटो रकम नाफा कमाए पनि प्रतिशतमा भने थोरै देखिएको हो । पहिलो त्रैमासको नाफा सन्तोषजनक नै देखिन्छ ।
प्रतिक्रिया 4