१७ मंसिर, काठमाडौं । नेपालका लागि सामसुङको आधिकारिक वितरक आइएमएसले विराटनगरमा १६औँ ब्राण्डशप खोलेको छ । मेनरोडमा रहेको यो ब्राण्डशप जावलाखेलको ब्राण्डशप पछि दोस्रो यस्तो स्मार्टफोन क्याफे हो जहाँ कस्टमर सर्भिस सेन्टर पनि रहेको छ ।
सामसुङ स्मार्टफोन क्याफेमा ग्राहकहरुले सामसुङका स्मार्टफोन, ग्याजेटहरु र एसेसरीजहरुको खरिद गर्नु अगावै प्रयोग गरेर सम्पूर्ण अनुभव गर्न पाउँछन् ।
साथै, ग्राहकले सामसुङका फोनहरुबारे विशेषज्ञहरुको सल्लाह र सुझाव पनि लिन सक्छन् । नयाँ एप डाउनलोड वा पुरानो अपग्रेड पनि सोही ब्राण्डशपमा गर्न पाउनेछन् ।
आइएमएसका मार्केटिङ शाखाका प्रमुख आयुष श्रेष्ठले विराटनगरमा स्मार्टफोनको लोकपि्रयता बढ्दै गएकालेे ग्राहकलाई उच्च सेवा प्रदान गर्न बिराटनगरमा स्मार्टफोन क्याफे खोलिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4