२६ मंसिर, काठमाडौ । काभ्रेको विकट गाविस घर्तीछापमा सर्वसाधारणहरु आँखाको उपचार गर्न जाँदा स्वास्थ्य चौकीका इन्चार्जहरुले महिनावारी सोधेर हैरान पार्ने गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयमा उजुरी बोकेर आएका स्थानीहरुले कार्यालय प्रमुख डा.राजेन्द्रप्रसाद शाहलाई जानकारी गराए अनुसार स्वास्थ्य चौकीमा उपचार गर्न जाँदा ‘महिलावारी कहिले भयो ?, तल्लो पेट दुख्छ कि दुख्दैन’ भन्दैन भनेर भर्खरकी युवतीहरुलाई साँझ आफ्नै क्वाटरमा उपचारका लागि आउन भन्ने गरेको नेपाल समाचारपत्रमा खबर छ ।
घर्तीछाप स्वास्थ्य चौकीमा विगत दुई वर्षदेखि कार्यरत सिनियर अहेब छैठौं तहका गंगेश्वर झाले आँखा वा अन्य उपचार गर्न स्वास्थ्य चौकी पुगेका विशेषगरी भर्खरै महिनावारी हुन सुरु गरेका बालिका तथा विदेश गएका श्रीमानका पत्नीहरुलाई महिनावारीका बारेमा, तल्लो पेट दुख्ने तथा अन्य विषयमा सोधखोज गर्ने र कार्यालय समय सकिए लगत्तै आफ्नो निवासमा बोलाउने गरेको भन्दै विहीवार उजुरी परेको छ ।
उजुरीमा झाकै कारण स्थानीयहरुबीच झडपसमेत भएकाले जिल्ला स्वास्थ्य कार्यालयले उपचारका लागि खटाएका कर्मचारीबाट झडप सिर्जना भई घाइते भएपछि कारबाहीको माग गरिएको छ ।
स्वास्थ्य चौकी ब्यवस्थापन समितिको बैठक मंसि २३ गते दिउँसो झाले बोलाएको स्थानमा स्थानीय रबिन वाइबा, जितेन्द्र वाइबा लगायतका युवाहरुले ब्यवस्थापन समितिका सदस्य अमरबहादुर अस्तानीलाई आक्रमण गरी घाइते बनाएका थिए ।
प्रतिक्रिया 4