+
+

सुनको भाउ तोलामा ३ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३ गते १३:१२

Gold२ पुस, काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलाको ५२ हजार ४ सय रुपैयाँ तोकेको छ ।

मंगलबार सुन तोलाको ५२ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ भने बुधबार ओर्लिको छ । महासंघका अनुसार चाँदी बुधबार तोलामा १० रुपैयाँ घटेर ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी तोलाको ७ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?