५ पुस, काठमाडौं । मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘पावर रिचार्ज’ नामक नयाँ योजना ल्याएको छ ।
यस अन्तरगत एनसेलका ग्राहकले अफर एक्टिभेट गरी एक हप्तामा दुई पटक १०० वा बढीको रिचार्ज गरेमा एनसेलको नेटवर्क भित्र ५० प्रतिशत छुट दरमा कल, एसएमएस तथा डेटा प्रयोग गर्न सक्नेछन् ।
हस्तामा एक पटक प्राप्त हुने छुट, पाएको ५ दिनसम्म लागू हुनेछ । पावर रिचार्ज पुस ६ गतेदेखि लागु हुनेछ ।
एनसेलका सबै पि्रपेड तथा पोष्टपेडका ग्राहकले १७११० मा डायल योजनामा सहभागी हुन सक्ने एनसेलले जनाएको छ ।
‘पावर रिचार्ज हाम्रो तर्फबाट आफ्ना गाहकलाई विशेष मूल्य प्रदान गर्ने प्रयास अन्तर्गत आएको योजना हो । यसले आफ्ना पि्रयजनसँग सुलभ दरमा सम्पर्कमा रहन सम्भव बनाउने छ-एनसेलकीकर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन् ।
यो योजना १२ हप्तासम्म लागु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4