९ पुस काठमाडौं । बुधबार १०.५९ अंकले बढेर नेप्से पिरसूचक ८८७.८० अंकमा पुगेको छ । बुधबार बजार खुलेदेखि नै नेप्से बढेको हो ।
साताको सुरुवातदेखि नै लगातार तीन दिन घटेको नेप्से बुधबार भने दोहोरो अंकले बढेको हो । आइतबार साढे ८ अंकले, सोमबार ११ अंकले र मंगलबार ८ अंकले नेप्से घटेर ८७६ अंकमा झरेको थियो ।
नेप्सेमा भएको घटबढ स्वभाविक नै भएको विश्लेषकहरुले बताएका छन । केही महिनायता नेप्से केहीदिन घट्ने र केही दिन बढ्ने प्रवृत्तिमा छ । ६ महिनाअघि नेप्से सूचक १००० अंक नाघेको थियो ।
बुधबार होटल र वित्त कम्पनी बाहेक सबै समुहगत परिसूचकहरु बढेका छन । होटलको सूचक ६.६६ अंकले र वित्त कम्पनीको सूचक २.३३ अंकले घटेका छन ।
वाणिज्य बैंक समुहको सूचक १४.२२ अंकले, विकास बैंकको ४.५२ अंकले, जलविद्युतको ३२.२६ अंकले, बीमाको ३२.४३ अंकले र अन्य समूहको सूचक १.१७ अंकले बढेको नेेपाल स्टक एकसचेञ्जले जनाएको छ ।
यो दिन १ सय ३२ कम्पनीका ४ लाख ३० हजार कित्ता सेयर १७ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन ।
प्रतिक्रिया 4