+
+

ग्यालेक्सी कोर प्राइम बजारमा, मूल्य साढे १५ हजार

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १० गते १७:२८

Samsung-Galaxy-Core-Prime-Final

काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले नयाँ ग्यालेक्सी कोर प्राइम स्मार्टफोन बजारमा ल्याएको छ । पातलो डिजाइनमा रहेको यस स्मार्टफोनको मूल्य १५ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यसमा एन्ड्रोइड किटक्याट अपरेटिङ सिष्टम रहेको छ भने पछाडी ५ मेगापिक्सेल र अगाडी २ मेगापिक्सेल क्यामेरा रहेको छ । स्मार्टफोनमा २००० एमएएच क्षमताको ब्याटि्र प्रयोग गरिएको छ ।

त्यसैगरि, यसमा १.३ गीगाहर्ज क्वार्ड कोर प्रोसेसर, १ जीबी र्‍याम, ४.५ इन्चको डब्लूभीजीए पिएलएस टच स्कि्रन, डबल सीम प्रयोग गर्न मिल्ने, थि्रजी सपोर्ट लगायतका सुविधाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?