+
+

सलमानको बर्थ डे पार्टीमा देखिइन् ऐश्वर्याजस्तै युवती

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १३ गते ९:५१

Sneha 2
मुम्बई । अभिनेता सलमान खानले आफ्नो ४९ औं जन्मदिन भब्य रुपमा मनाएका छन् । सलमानलाई बहिनी अर्पिता र ज्वाई अलबीराले विषेश खालको केक उपहार दिएका थिए ।
स्टे्रबरीवाट बनेको केकमा ‘हयाप्पी बर्थ डे भाइ’ लेखिएको थियो । जन्मदिन मनाउनकै लागि एक दिन छुट्टी लिएका सलमानले मुम्बइमा रहेको पनवेल फार्महाउसमा भब्य पार्टी आयोजना गरका थिए ।

Salman-Khan-Sneha-
सो पार्टीमा एउटा अनौठो दृष्य देखियो । कुनै बेलाकी सलमानकी प्रेमिका ऐश्वर्या रायजस्तै जस्तै अनुहार भएकी युवती त्यहाँ उपस्थीत थिइन् ।
ती युवती हुन् नायिका स्नेहा उलाल । उनले सलमानसँग चलचित्र लक्कीमा काम गरिसकेकी थिइन् । ऐश्वर्यालाई देखाउन सलमानले स्नेहालाई बलिउडमा डेब्यू गराएका थिए । तर, उनले बलिउडमा खासै चम्काउन सकिनन् । सलमानको साथ पाएर बलिउडमा भाग्य चम्काउने नायिकाको सूची लामो छ जसमा कटि्रना कैफदेखि ज्याकलिनसम्म छन् ।

सलमानको जन्मदिन पार्टीमा प्रीयंका चोपडा,अजय देबगण, रितेश देशमुख, मलाइका अरोरा, इमरान खान, सुनिल शेट्ठी, विद्या वालान लगायतका कलाकारको उपस्थिती थियो ।
Sneha 3

Sneha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?