काठमाडौं । आइतवारदेखि साँखुमा रहेको शाली नदी किनारमा स्वास्थानी मेला सुरु भएको छ ।
एक महिनासम्म चल्ने यो मेलालाइ भब्य बनाउन चलचित्र ‘झोला’ निर्माण समुहले चलचित्र प्रदर्शनको ब्यबस्था मिलाएको छ ।
‘पानी नपरेको भए, हिजोदेखि फिल्म हेर्न पाइन्थ्यो पानी परेकाले काम ढिलो हुँदा फिल्म प्रदर्शन आजदेखि मात्रै हुने भयो ।’ अनलाइनखबरसंग कुरा गर्दै निर्देशक यादबकुमार भट्टराइले भने ।
स्वास्थानीको ब्रत सुन्ने महिला एवं पुरुषलाई झोला मन पर्ने श्रेणीको फिल्म भएकाले प्रदर्शनको ब्यबस्था मिलाइएको निर्देशक भट्टराइको भनाइ छ ।
सतीप्रथाको विषयमा निर्मित यस चलचित्रमा गरिमा पन्त, दिपक क्षेत्री, देशभक्त खनाल, लक्ष्मी गीरी लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।
फिल्ममा एकसय वर्ष अघिको समाज देखाउने प्रयास निर्देशकले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4