
चलचित्र ‘होस्टेल’मा ‘जंगे’को भूमिकामा देखिएका कलाकार सलोन बस्नेतलाई त्यस्तै क्रेज बनाउन सजिलो छैन । चलचित्र भित्रको पात्रको रुपमा नै परिचित हुन सलोनले अब आफूलाई ‘भाइरस’को रुपमा उतारेका छन् ।
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभाष’का कलाकार सलोन ‘भाइरस’ बनेर दर्शकको मनमा राज गर्ने तयारीमा छन् ।
यो चलचित्रले उनलाई नयाँ परिचय दिने विश्वास उनको छ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा सलोनले ‘प्लेब्वाई’ भूमिका निर्वाहा गरेका छन् । चलचित्रमा निक्कै कमेडी र यूवती घुमाउने पात्रको रुपमा देखिएका सलोन दर्शकले ‘आभाष’ चलेपछि आफूलाई ‘भाइरस’ भनेर चिन्ने दाबी गर्छन् ।
निर्देशक शोभित बस्नेत छोरा सलोन बस्नेतलाई साथ दिन लागिपरेका छन् । पहिलो चलचित्रमा नै पाएको सफलता दोहोर्याउन सलोनलाई हम्मे हम्मे पर्नेछ ।
तर, ‘आभाष’लाई दर्शकले मन पराएको खण्डमा उनी ‘भाइरस’ बन्नेछन् । बास्तविक जीवनमा कलाकार करिश्मा श्रेष्ठसँगको प्रेममा मस्त सलोनलाई दर्शकले ‘भाइरस’को रुपमा रुचाउँलान्, प्रतिक्षा गर्नैपर्छ ।
प्रतिक्रिया 4