७ माघ, काठमाडौं । संविधानसभा बैठकमा आज पनि एकीकृत नेकपा माओवादीसहितका विपक्षी सभासदहरुले नाराबाजी गरेका छन् ।
प्रक्रियाबाट संविधान जारी गर्न नपाइने भन्दै विपक्षी दलका सभासदहरुले नाराबाजी गरेका हुन् । नाराबाजीमा पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाओवादी नेता बाबुराम भट्टराई, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसहितका नेताहरु पनि थिए ।
विपक्षीको नाराबाजी चलिरहँदा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भोलि माघ ८ गते जनतालाई के जवाफ दिनुहुन्छ भनेर नेताहरुको ध्यानाकर्षण गराए ।
- संविधानसभा बैठकमा टेबुल ठोक्दै सत्तापक्षका सभासदहरु ।
सभाध्यक्ष नेम्वाङले बोलिरहँदा सत्तारुढ दलका सभासदहरुले भने समर्थनमा ढ्यापढ्याप (टेबलमा हातले ताली बजाएका) पारेका थिए । विपक्षीको नाराबाजी र सत्तारुढको ताली केहीबेर चल्यो । तर, यसले नाराबाजी गरिरहेका सभासदलाई उत्तेजित पार्नसक्ने भन्दै शीर्ष नेताले रोकेका छन् ।
विपक्षीको नाराबाजी जारी रहेपछि संविधानसभाको बैठक दिउँसो साढे एक बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया 4