१८ माघ, काठमाडौ । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले पार्टीको भावी योजना तय गर्न आइतवारदेखि केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
केन्द्रीय समितिको बैठक शनिवारदेखि नै सुरु हुने भनिए पार्टीको शीर्ष तहमा आन्तरिक गृहकार्य पूरा नभएको भन्दै आइतवारका लागि सारिएको हो ।
केन्द्रीय समितिको बैठक बस्नु अघि पोलिटब्युरो बैठक बस्दैछ । पोलिटब्युरो बैठकले पार्टी संगठनको विषय छलफल गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
पोलिटब्युरो बैठक विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने र पोलिटब्युरो वैठकपछि कुपण्डोलमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता भुसालले बताइन् ।
नेकपा-माओवादीको एक सय ५१ सदस्यीय केन्द्रीय समितिमा ६४ जना केन्द्रीय सदस्यको पद रिक्त रहेको छ । रिक्त सदस्य केन्द्रीय समितिको बैठकबाट पूर्ति गरिने तयारी भए पनि विवादका कारण अहिले केही सदस्य मात्रै थप गर्नेबारे पोलिटब्युरोमा छलफल हुने स्रोतले बताएको छ ।
प्रतिक्रिया 4