+
+

विराटनगरका २ सय घर भत्काइने

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १९ गते १८:०५

Biratnagar-final

१९ माघ, विराटनगर । सडक क्षेत्र फराकिलो बनाउन विराटनगर उपमहानगरपालिकाले सोमबारबाट डोजर लगाएर भौतिक संरचना भत्काउन शुरु गरेको छ ।

मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजना सञ्चालन गरेपछि स्थानीय रोडशेष चोकदेखि कडा सुरक्षाबीच घर भत्काउन सुरु गरिएको हो ।

‘तीनपैनी र रोडशेषसहितका क्षेत्रबाट एकैपटक संरचना भत्काउने क्रम सुरु भएको हो,’ उपमहानगर पालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले भने, ‘नगरक्षेत्रमा सडक विस्तार तथा ढल निर्माणका सडक क्षेत्रमा परेका संरचना हटाउने योजना पहिलेदेखि कै हो ।’

यसअघि ३५ दिने सार्बजनिक सूचना जारी गर्दै मापदण्ड भित्र परेका घर संरचना हटाउन स्थानीयलाई निर्देशन दिइएको थियो । अटेर गर्नेहरुको घर नगरपालिकाले सुरक्षाकर्मीको सहयोगमा डोजर लगाएर भत्काउन सुरु गरेको हो ।

२ सय घर भत्काइने

विराटनगरमा एशियाली विकास बैंकको दुई अर्ब ४३ करोड रुपैयाँ लगानीमा नगरक्षेत्रको सडक तथा ढल निर्माण परियोजना जारी छ । मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजना अन्तर्गत नगर क्षेत्रमा पानीटंकीदेखि रोडशेष चौकसम्म १५ मिटरभित्र परेका घर संरचना हटाइदैछ । त्यसैगरी तीनपैनी चौकदेखि शहीदमार्ग, उद्योग संगठन र कोशी अञ्चल अस्पताल चोकसम्म १४ मिटर हाताभित्र परेका घर तथा संरचना भत्काउन थालिएको हो ।

विराटनगर १ को पुष्पलाल चौकदेखि पानीट्याङ्कीसम्म सडक क्षेत्रमा परेका संरचना हटाउने काम भइसकेको छ । परियोजना अन्तर्गत ८२ किलोमिटर क्षेत्रमा ढल तथा नाला निर्माण हुनेछ । यसैगरी नगरक्षेत्रमा ६५ किलोमिटर सडक बन्नेछ । योजना अनुरुप नगरका एकहजार घर प्रत्यक्ष प्रभावित हुनेछन् भने दुईसय घर भत्कने छन् ।

सेफ्टी ट्याङ्की बनाउन नपर्ने

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित २ अर्ब ४३ करोडको यो परियोजना पूरा भएसँगै विराटनगर डुबानमुक्त हुने र नगरवासीले शौचालयको फोहोर बिर्सजन गर्न सेफ्टी ट्याङ्की बनाउन नपर्ने इन्जिनियर भरत न्यौपानेले बताए ।

५० हजार घरधुरीको रहेपनि शहरी क्षेत्रलाई केन्द्रीत गरेर ढल र नालाको निर्माण हुनेछ । ढलबाट निस्कने फोहर पानीको प्रशोधन केन्द्र स्थापना गरिएका विराटनगर-१८ स्थित जतुवा र विराटनगर-२२ स्थित छाला फैक्ट्री नजिक टि्रटमेन्ट प्लान्टमा जम्मा हुनेछ । यसैगरी नगरक्षेत्रमा ६५ किलोमिटर सडक बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?