२३ माघ, काठमाडौं । आउँदो सोमबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै फागुन २ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
यसअघि कांग्रेसले २६ गते सोमबार विहान साढे ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा केन्द्रीय समिति बैठक बस्ने तय गरेको थियो ।
‘पहिलेकै समय र स्थानमा बस्ने गरी फागुन २ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4