+
+

संसार रेमिटले जापानबाट कारोबार थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २८ गते १०:४८

sansar-remit-logoकाठमाण्डौ । गैरआवासीय नेपाली तथा नेपालका प्रतिष्ठित ब्यबसायिहरुद्वारा प्रर्बद्धित संसार रेमिटले जापानबाट कारोबार थालेको छ ।
दरबारमार्गमा मुख्य कार्यालय रहेको संसार रेमिटले जापान, अमेरिका, तथा बिभिन्न खाडी मुलुकहरुबाट समेत रेमिट्यान्स कारोबार गर्ने तयारी गरिरहेको छ । स्पेन, इटली र पोर्चुगलबाट भने संसारले यसअघि नै कारोबार सुरु गरिसकेको छ ।
‘जापानबाट पनि कारोबार सुरु भइसकेको छ’ संसार रेमिटका निर्देशक केशर गिरीले भने- ‘निकट भबिष्यमै अन्य मुलुकहरुमा पनि कारोबार विस्तार गर्दैछौं ।’
जापानबाट पठाएको रकम नेपालका बिभिन्न बैंक तथा बित्तिय संस्था र आफ्नै भुक्तानी संजाल गरी करिव एक हजार ७ सय एजेन्टबाट रकम लिन सकिने गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?