+

आर्मीलाई पन्छाउँदै मनाङ सेमिफाइनलमा

२०७१ माघ  २८ गते १८:३३ २०७१ माघ २८ गते १८:३३
आर्मीलाई पन्छाउँदै मनाङ सेमिफाइनलमा

२८ माघ, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा मनाङले बलियो प्रतिद्वन्द्वी आर्मीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीले आठौं मिनेटमा नै अग्रता लिएपनि दोस्रो हाफमा जोगाउन सकेन । आर्मीका लागि राजिव गुरुङले गोल गरेका थिए ।

खेलको ५५ औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । दीपक राईको पासमा अनिङ गुरुङले बराबरी गोल गरे । खेलको ८४ औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गोल गरे । उनले शिव श्रेष्ठको पासमा गोल गरेका हुन् ।

खेलको अन्तिम मिनेटमा शिवको प्रहार बारमा लागेर फर्किँदा मनाङका समर्थक चुकचुकाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय