९ फागुन, बारा । बाराको कलैयामा शनिवार बिहान एक बालीका अचेत अवस्थामा भेटिएकी छन् । शुक्रबार साँझ ७ बजे घरबाटै बेपता भएकी बालीका शनिबार बिहान कलैयामा अचेत अवस्थामा भेटिएको बारा प्रहरीले जनाएको छ ।
कलैया नगरपालीका ७ निवासी बद्रिनारायण साहकी ७ वर्षकी छोरी पुजा साहको बलात्कार भएको आशंका प्रहरीले गरेको छ । बालीकाको वीरगञ्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौं लगिएको बाराका प्रहरी प्रमुख लोकेन्द्र मल्लले जानकारी दिए ।
बालीका बेपता भएको बारे प्रहरीलाई परिवारले राति १० बजे खबर गरेको र प्रहरीले खोजी गर्दा शनिबार बिहान अचेत अवस्थामा भेटिएको प्रहरी प्रमुख मल्लले बताए । बालिकालाई प्रहरीले कलैया ६ मोतीबाग स्थित कपास उद्योगको फोहर फाल्ने ठाउँमा विहान साँढे ६ बजे अचेत अवस्थामा भेटेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बारा सदरमुकाम कलैयामा बालीकामाथी यस्ता घटना बढ्दै गएको छ ।
सुनील गाउँलेबाट
प्रतिक्रिया 4