+

मालागासँग बार्सिलोनाको अप्रत्यासित हार

२०७१ फागुन  १० गते ८:४४ २०७१ फागुन १० गते ८:४४
मालागासँग बार्सिलोनाको अप्रत्यासित हार

Messi

१० फागुन, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा मालागासँग अप्रत्यासित हार ब्यहोरको छ ।

शनिबार राति भएको खेलमा मागालाले बार्सिलोनामाथि १–० को जित निकालेको हो । हारसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

नाउ क्याम्पमा बार्सिलोनाको यो सिजनको दोस्रो हार हो । यसले च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीसँग खेल्नुअघि उसको ११ खेलको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिृलोनाले सातौं मिनेटमा नै गोल खाएको थियो । ड्यानी अल्भेसको गल्तीको फाइला उठाउँदै मालागाका लोपेजले गोल गरेका हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय