१० फागुन, काठमाडौं । जनता दल युनाइटेडका नेता नितिश कुमार चौथो पटक बिहारको मुख्यमन्त्री बनेका छन् ।
उनले आइतबार कार्यवाहक राज्यपाल केशरीनाथ त्रिपाठीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । अब उनले १६ मार्चमा विधानसभामा आफ्नो बहुमत देखाउनु पर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गत साता जनता दल युनाइटेडले जितनराम माझीलाई मुख्यमन्त्री पदबाट हट्न भनेपछि बिहारको राजनीतिमा उथल-पुथल भएको थियो ।
माझीले पदबाट हट्न अस्वीकार गरे । लगतै जनता दल युनाइटेडले उनलाई पार्टीबाट निकाल्नुका साथै नितिशकुमारलाई बिहार विधानमण्डल दलको नेता चयन गर्यो ।
माझीलाई गत शुक्रबरा विधानसभामा विश्वासको मत लिन भनिएको थियो । तर, त्यसअघि नै उनले पदबाट राजीनामा दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4