+
+

चितवनमा १ करोडको अवैध हिरा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १९ गते १९:०६

१९ फागुन, चितवन । अवैध रुपमा ल्याएको एक करोड मूल्य बराबरको ६ थान हिरासहित तीन जना पक्राउ परेका छन् ।

Dimondविशेष सूचनाका आधारमा भरतपुरको गोन्द्राङमा चेकजाँच गर्दा हिरासहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लमजुङ टक्सारका मुक्तराज मल्ल, गाडि चालक नवलपरासीका जिवित गुरुङ र भारत हैदराबादका राजकुमार थापा छन् ।

प्रहरीका अनुसार भारतीय नागरिक थापाले हिरा लिएर आएका हुन् । ‘मार्केटको खोजीका क्रममा पोखराबाट काठमाडौं हुँदै चितवन आइपुगेका हुन्’ प्रहरी निरीक्षक रुगम कुँवरले अनलाइनखबरसँग भने ।

प्रहरकिा अनुसार उनीहरु ग १ य ३३० नम्बरको पर्यटक कारमा चितवनको टाँडीमा फर्किएका थिए ।

पक्राउपछि प्रहरीले जिल्ला सुनचाँदी संघमार्फत हिरा जाँच गरेको थियो । त्यसक्रममा हिरा ११. दशमलव ५ क्यारेटको भएको र बजार मूल्य १ करोड १० लाख भएको खुलेको छ ।

प्रहरीले बरामद भएको हिरासँगै उनीहरुलाई कारबाहीका लागि राजश्व विभाग केन्द्रीय कार्यालय पठाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?