+
+

केराउको कोसा पोलेर खाँदा ५ घर जले

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १ गते १४:४८

१ चैत, वीरगञ्ज । पर्साको पर्सौनी भाठा गाविस ६ मा आगलागी हुँदा ५ वटा फुसका घर जलेर नष्ट भएका छन् ।

आगलागीमा जरोगा दास तत्वा, सबसी दास तत्वा, उजिर आलम, मकिम राउत गद्दी र कारी राउत गद्दीका घर जलेका हुन् ।

५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । तर क्षतिको एकीन विवरण आउन सकेको छैन ।

दरोगा दासको घर नजिकै बालबालिकाले आगो बालेर केराउको कोसा पोलेर खाने क्रममा घरमा आगो सल्किएको प्रहरीले जनाएको छ । आगलागीमा परी तपसी दास तत्वाको घोडा समेत जलेर मरेको छ ।

बिहान करिब साढे १० बजेबाट आगो लागेको थियो । वीरगञ्जबाट गएको बारुण यन्त्रको सहयोगमा पर्सौनीभाठा, धोरेका प्रहरी, ईटियाही, पकाह मैनपुरको सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?