+
+

अमेरिका पुगेर रेखाको आक्रोश-‘ प्रधानमन्त्रीमा पुरानै नेता आएर फाइदा के ?

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १८ गते ११:४८

rekha-thapa
रामेछापमा अस्थायी घर बनाउने भन्दै एकाएक अमेरिका पुगेकी नायिका रेखा थापाले त्यहीबाट राष्ट्रिय सरकार बन्न लागेको बिषयमा आफ्नो आक्रोश व्यक्त गरेकी छिन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले यो देशका जनताले नयाँ अनुहार र यूवालाई प्रधानमन्त्री देख्न नपाउने हुन् भनेर प्रश्न गरेकी छिन् ।

माओवादी द्वन्द्वकालमा ध्वस्त भएका संरचनाहरु पूननिर्माणका लागि थपिएको शान्ती तथा पुननिर्माण मन्त्रालयले ९ बर्षसम्म के गर्‍यो भन्दै रेखाले प्रश्न सोझाएकी छिन् ।

उनले आफूले नकारात्मक कुरा नगरेको भन्दै हिजो सहिदको नाममा आएका रकम खाने नेताहरुले आज पूननिर्माण र सरकार परिवर्तनको कुरा गरेको देख्दा आफ्नो मन दुखेको बताएकी छिन् । उनले विदेशी दातृ राष्ट्रले दिएको क्रृण नेपाली जनतालाई बोकाएर नेताहरुले के गर्न खोजेको भन्दै प्रश्न सोझाएकी छिन् ।

राष्ट्रिय सरकारका लागि नयाँ अनुहारको आवश्यकता भएको खाँचो उनले औल्याएकी छिन् । उनले समयमा नै जनतालाई सजग हुन आग्रह गरेकी छिन् । उनले अब जनताको अधिकारका लागि कुनै पार्टी, नेता नभनी देशका लागि सोच्ने बेला आएको समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?