+

विश्वविद्यालय खेलकुदमा जोशीको निरन्तरता

२०७२ जेठ  २५ गते १६:१८ २०७२ जेठ २५ गते १६:१८
विश्वविद्यालय खेलकुदमा जोशीको निरन्तरता

२५ जेठ, काठमाडौं । विश्वविद्यालय खेलकुद संघ नेपालको दोश्रो साधारणसभाले प्रदीप जोशी (टेकराज) को अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार निनिर्वरोध चयन गरेको छ ।

अघिल्लो कार्यसमितिमा पनि जोशी नै अध्यक्ष थिए । पाँच उपाध्यक्षमा प्रा.डा. ज्ञानेन्द्र पौडेल, प्रा.डा. लोकेन्द्र शेरचन, डा. लालमणि पाण्डेय, विनयकुमार भट्टराई र सानु घले रहेका छन् । महासचिवमा पूर्णसिं बोहरा यथावत् रहे । डा. उदयकिशोर तिवारीले सचिव र अजिता शर्माले कोषाध्यक्षको जिम्मेवारी पाए ।

त्यस्तै सदस्यमा डा. दीपबहादुर अधिकारी, डा. विमला शर्मा, धर्मराज ओझा, दीपक विष्ट, डा. यज्ञराज भट्ट, पूणर्ादेवी शाक्य र सुरेन्द्र पनेरु निर्विरोध भए । विधानतः केन्द्रीय कार्यसमिति १९ सदस्यीय रहने प्रावधान छ । बाँकी ३ सदस्य केन्द्रीय कार्यसमितिले मनोनित गर्ने छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत चन्द्र राईले शपथ ग्रहण गराएका थिए भने निर्वाचन अधिकृत ज्योति राईले प्रमाणपत्र प्रदान गरेकी थिइन् । यसअघि साधारणसभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य-सचिव युवराज लामाले उद्घाटन गरेका थिए ।

सदस्य-सचिव लामा सम्मानित

यसैबीच साधारणसभाको उद्घाटन सत्रमा विश्वविद्यालय खेलकुद संघ नेपालले राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामालाई सम्मान गर्‍यो ।

सदस्य-सचिव लामाले आफ्नो कार्यकालमा खेलकुदको विकास र विस्तारमा अतुलनीय योगदान पुर्‍याएवापत सम्मान गरिएको हो । अध्यक्ष जोशी र उपाध्यक्ष प्रा.डा. ज्ञानेन्द्र पौडेलले सदस्य-सचिव लामालाई संघको तर्फबाट सदस्य-सचिव लामालाई सम्मानपत्र प्रदान गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय