+
+

चट्याङ लागेर घाइते भएकी गोलेको उपचार हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते ८:४१

३१ जेठ, काभ्रे । काभ्रेपलाञ्चोकको अति विकट डाँडापारी क्षेत्रमा पर्ने गोकुले गाविसमा उपचार हुन नसक्दा चट्याङ लागेर घाइते एक महिलाको अवस्था नाजुक बनेको छ ।

शुक्रबार राति १ बजे परेको चट्याङले गाविसको वडा नम्बर ४ चिसापानीकी ३५ वर्षकी छलिमाया गोले गम्भीर घाइते भएको स्थानीय राजेन्द्र घलानले जानकारी दिए ।

भूकम्पले घर भत्काएपछि त्रिपालमा सुतिरहेका बेला परेको चट्याङ लागेर बेहोस भएकी गोलेको अझै होस आएको छैन । स्वास्थ्य चौकी टाढा रहेको, जटिल विरामीको उपचार नहुने र थप उपचारका लागि सदरमुकाम ल्याउन यातायातको असुविधा भएकाले उपचारमा समस्या भएको स्थानीय घलानले बताए ।

बाबुआमाको यसअघि नै मृत्यु भएकाले घाइते गोले काकी आमासँगै बस्दै आएकी छन् । घटनाबारे प्रहरीलाई जानकारी गराएपनि यातायातको असुविधाका कारण प्रहरीको टोली घटनास्थल पुग्न सकेको छैन ।
प्रकाश सुन्दासबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?