+
+

रिंगरोड बाहिर सिमेन्ट ब्लक उद्योग सञ्चालन गर्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३२ गते ११:११

३२ जेठ, काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणलाई ध्यानमा राखी सरकारले घर तथा आवासस्थल निर्माणका लागि प्रयोग हुने सिमेन्ट ब्लक उत्पादन गर्न चक्रपथ बाहिर कारखाना स्थापना गर्न अनुमति दिने निर्णय गरेको छ ।

औद्योगिक प्रवर्द्धन बोर्डको बैठकले पुनःनिर्माणलाई सहज बनाउन उक्त निर्णय गरेको हो ।

बोर्डका सदस्य महेश्वर न्यौपानेले सिमेन्ट ब्लक उत्पादनका लागि उद्योगी तथा व्यवसायीले चासो देखाएकाले सहज होस् भनेर उक्त निर्णय गरिएको जानकारी दिए ।

सो निर्णयपछि ‘प्रि फेब्रिकेटेड’ भवन संरचना र त्यसका लागि आवश्यक पर्ने सिमेन्ट ब्लक, स्टिल स्ट्रक्चर तथा मेटल प्यानललगायत सामग्री उत्पादन गर्न सहज हुने उनको भनाइ छ ।

यस्तै इँटा भट्टामा हाल प्रयोग भइरहेको प्रविधिको सट्टामा नयाँ प्रविधि जडान गर्न बोर्डले अनुमति दिएको छ । हाल भट्टामा फिक्स्ड चिम्नी, टनेल आदि सञ्चालनमा छ ।

त्यस्तै, सरकारले बालुवा–ढुङ्गालाई समेत सेवा उद्योगका रुपमा वर्गीकरण गरी दर्ता गर्ने निर्णय गरेको छ ।

उद्योग मन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले औद्योगिक वातावरण तयार पार्न तथा भूकम्पपछिको पुनःनिर्माणलाई सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?