+
+

जापानले २६ अर्ब रुपैयाँ सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १० गते १०:११

Minoru Kiuchi, State Minister for Foreign Affairs of Japan

१० असार, काठमाडौं । जापान सरकारले नेपालको पुननिर्माणमा २६ अर्व रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

भूकम्पपछिको पुनस्थापना र पुननिर्माणमा सहयोग जुटाउन काठमाडौंमा भएको अन्तराष्ट्रिय दाता सम्मेलनलाई सम्बोधन गर्दै जापानी बिदेश राज्यमन्त्री मिनोरु कियुची ले यस्तो घोषणा गरेका हुन् ।

आगामी तीन बर्षमा उपलब्ध गराइने  यस्तो सहयोगको प्राथमिकता भूकम्प प्रतिरोधी बिद्यालय निर्माण र दोस्रो प्राथमिकतामा भूकम्प प्रतिरोधी आवास निर्माण रहेको उनले बताए ।

जापानमा बिनासकारी भूकम्प जाँदा नेपाल सरकारले गरेको सहयोग र जापानमा बसोबास गरिरहेका नेपाली समुदायको सहयोगबाट जापान सरकार नतमस्तक रहेको भन्दै मन्त्री कियुचीले सोही कारण पनि जापानले नेपालको वितपका बेला सहयोग गर्ने अग्रसरता देखाएको बताए ।

पुनःनिर्माणका लागि अन्तराष्ट्रिय सहयोग जुटाउने उदेश्यले दोस्रो सम्मेलनको आयोजना गरिदिन समेत तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?