+
+

राष्ट्रिय जनावर गाई नै रहने, एकसिंगे गैंडा अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १८:२२

cow and rhino

२८ भदौ, काठमाडौं । राष्ट्रिय जनावर गाई नै रहने भएको छ । जनजाति सभासदहरूले गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने माग गर्दै आएका थिए भने एकसिंगे गैंडालाई राष्ट्रिय जनावर बनाउने प्रस्तावहरू पनि थियो ।

तर, संविधानसभाले राष्ट्रिय जनावर गाई नै रहने गरी संविधानको विधेयकको धारा नै पारित गरेको छ ।

गाईलार्इ राष्ट्रिय जनावर बनाउनुहुँदैन भन्दै संविधानको मस्यौदा विधेयकमा परेको संशोधन बहुमतले अस्वीकार गरेको छ ।

गाईलाई राष्ट्रिय जनावर बनाइनुहूँदैन भन्दै सभासद शिवलाल थापाले शंसोधन प्रस्ताव राखेको थिए । त्यस्तै सभासद अनुराधा थापामगरले एकसिंगे गैंडालाई राष्ट्रिय जनावर घोषणा गर्न प्रस्ताव गरेकी थिइन् ।

सभासद यशोदा लामाले पनि गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने प्रस्ताव गरेकी थिइन् । त्यस्तै सभासद चित्रबहादुर केसीले पनि धारा ९ माथि संशोधनको प्रस्ताव राखेका थिए ।

राष्ट्रिय झण्डा पनि पुरानै

संविधानसभाले राष्ट्रिय झण्डा परिवर्तनको प्रस्ताव अस्वीकार गरेको छ । शिवलाल थापा, यशोदाकुमारी लामा लगायातले राष्ट्रिय झण्डा परिवर्तन गर्नु पर्ने भन्दै संशोधन राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?