+
+

थरुहट संयोजक धनीराम चौधरीसहित ५८ विरुद्ध ज्यान मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ६ गते ७:१०

६ असोज, धनगढी । वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नवालक हत्या गरेको अभियोगमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरीसहित ५८ जना बिरुद्ध मंगलबार जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।

Dhaniram-Chaudharyधनिरामसहित ५४ जनाको बिरुद्ध हत्यामा प्रत्यक्ष सलग्न भएको भन्दै सर्वोच्वसहित जन्म कैदको सजाय माग गरि मुद्दादर्ता गरिएको छ भने फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू र थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक तथा थारु कल्याणकारीसभा कैलालीका अध्यक्ष लाहुराम चौधरीलाई हत्याको योजना बनाएको अभियोगमा जन्म कैदसहितको सजाय माग गरी सरकारकातर्फबाट सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको नागरिक दैनिकमा खबर छ ।

कर्तव्य ज्यान मुद्दा दर्ता गराएका मध्य लक्ष्मण चौधरी, लाहुराम चौधरीलगायत २२ जनालाई मंगलबार अदालतमा उपस्थित गराइएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार जगदिशप्रसाद भट्टले बताए। बाँकी ३६ जना भने फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?