कुबेत । कुबेतको मुटु मानिने मालिया सिटीमा चौतारी रेस्टुरेन्ट छ । नेपाली युवाहरुले सञ्चालन गरेको उक्त चौतारीमा नेपाली ग्राहक मात्र हुँदैनन्, फिलिपिनोदेखि कुवेती नागरिकसमेत भेटिन्छन् ।
केही नेपाली युवाहरुको पहलमा दुई वर्षअघि खाडी मुलुक कुबेतमा सञ्चालनमा भएको चौतारी रेष्टुरेन्ट नेपालीदेखि कुबेती र फिलिपिनोसम्मका नागरिकको चौतारी बन्न पुगेको हो ।
कुवेतका श्रम गर्न आएका पाँच युवाहरु दुई वर्षअघिसम्म कुबेत कै बर्गरकिंग कम्पनीमा हात खियाउँथे । कम्पनीमा पसिना बगाउने युवाहरुले विदेशीको दास बन्नु भन्दा आफै मालिक बन्ने सपना बुने । एक्लै ठूलो लगानी गर्न पनि नसकिने भएकाले एउटै कम्पनीमा काम गर्ने पाँच युवाले आफै होटल चलाउने र मालिक बन्ने योजना बनाए ।
नेपालमा रोजगारका अभावमा विदेशिन बाध्य भएका नेपालीहरु विदेशीका गुलाममात्र छैनन्, आफै मालिक पनि छन् भन्ने देखाउन पनि सफल भए उनीहरु । रोजगारीका शिलशिलामा कुवेत आएका नेपालीहरुको चौतारी बनाउने उद्देश्यले सञ्चालन गरिएको रेष्टुरेन्ट अहिले सबैको चौतारी बन्न पुगेको हो ।
नेपालीहरुको जमघट गराउने र नेपालीहरुलाई नै सेवा दिने उद्देश्यले खोलिएको रेष्टुरेन्ट कुबेतका लागि तत्कालिन नेपाली राजदुत मधुबनप्रसाद पौड्यालले उद्घाटन गरेका थिए ।
विदेशीको कम्पनीमा फलाम बोक्ने युवाहरुले सञ्चालन गरेको रेष्टुरेन्टबाट नेपाली युवाहरु दाम मात्र कमाएका छैन, शान पनि कमाएका छन् ।
झण्डै ३० हजार कुबेती डिनार लगानीमा नेपाली युवाहरुले रेष्टुरेन्ट सञ्चालन गरेका थिए । अरबी इन्डियन रेस्टुरेन्टहरु पाइला पाइलामा देखिने कुबेतमा नेपाली युवाहरुले रेष्टुरेन्ट सञ्चालन गरेर नेपालीहरुको चौतारी बनाउन चाहेका थिए । तर नेपालीहरुका लागि बनाएको चौतारी भारत र फिलिपिनोको समेत चौतारी बनेपछि युवाहरु निकै खुशी देखिन्छन् ।
३० हजार कुवेती डिनार लगानीबाट शुरु गरेको रेष्टुरेन्टबाट उनीहरुले लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।
गुल्मेलीदेखि खोटाङगे युवाको संयोग
कुवेतमा दुई चार पैसा कमाउन सकिन्छ कि भनेर मोटो रकम खर्चिएर युवाहरु कुवेत आएका हुन् । गुल्मीदेखि खोटाङसम्मका अपिरिचित नेपाली युवाहरु कुकेतको बर्गरकिंग कम्पनीमा आए । सँगै काम गर्दागर्दै साथी बनेका उनीहरु अरु नेपालीलाई समेत एउटै चौतारीमा भेट गराउने योजना बनाएर नै संयुक्त रुपमा रेष्टुरेन्ट सञ्चालन गरेका हुन् ।
गुल्मीका राजु कार्की, लम्जुङका प्रेम गुरुङ, खोटाङका मोक्तान तामाङ, चितवन राना लामा मिलेर चौतारी समुह मार्फत चौतारी रेस्टुरेन्ट स्थापना गरेका थिए । पछि आˆनै ब्यबसाय संचालनको लागि राना लामाले छाडेपछि स्याङजाका कृष्णकान्त शर्मा, कैलालीका मोहन जैशी, तथा बिकास अधिकारीले चौतारीसँग आˆनो नाम जोड्न पुगेका थिए ।
हाल चौतारी रेस्टुरेन्टमा १० जना नियमित कर्मचारी कार्यरत छन । संचालकहरुसमेत चौतारीको लोगो अंकित ड्रेस लगायर नियमित सेवामा खटिन्छन् ।
चौतारी रेष्टुरेन्टको मुख्य आकर्षण भनेकै नेपाली खाना हो । आफूले चाहेजस्तै नेपाली खाना खान नेपाली युवाहरुको भिँड लाग्ने रेष्टुरेन्टमा नेपाली स्वाद मन पराएर भारतीय तथा फिलिपिनो नागरिकहरुको भिँड बढ्ने गरेको हो ।
नेपाली स्वादका सबै खाले परिकार पाईने रेस्टुरेन्टमा शुक्रबार र आईतबारको भिँड देख्दा नेपालकै मेलाको आभाष हुने नेपाली युवाहरुले बताउँछन् ।
नेपाली खानाको स्पेशल थालीको साथै सेलरोटी मम, चाउमिन, सुकुटी, चुकौनी लगायतका नेपाली परिकारले सबैको मन लोभ्याउने गरेको छ । त्यसैले छुट्टििमल्नासाथ नेपालीहरुको ओइरो लाग्ने गरेको गुल्मीका राजु कार्कीले बताए ।
बर्थडे पार्टी लगायत नेपालीहरुको विभिन्न खाले चाडपर्वमा पनि चौतारी मै खाना अर्डर हुने गरेको छ ।
रेष्टुरेन्टको काखमा मोबाइल चौतारी
चौतारी समुहकै राजु कार्की, बिकास अधिकारी र मोहन जैसीकै लगानीमा रेस्टुरेन्टको छेवैमा चौतारी मोबाईल पसल पनि संचालित छ । जहाँ मोबाइल खरिद गर्ने नेपालीको भिड लाग्ने गरेको छ ।
मोबाइल पसलले पनि रेस्टुरेन्टले जस्तै सोचे भन्दा बढी प्रगति गरेकोमा खुशी उनीहरु खुशी छन् । संचालकहरु रेस्टुरेन्ट र मोबाइल पसल खोली नमुना बनेका चौतारी समुहले छिट्टै नेपालमा पनि चौतारी कै नामबाट ब्यबसाय शुरु गर्ने तयारी समेत गरिरहेको कुरा संचालक राजु कार्कीले बताए ।
चौतारी संचालक राज कार्कीका भाई हिमाल कार्कीले समेत यसै सातादेखि नमस्ते मोबाईल एण्ड घडी सेन्टर खोलेर ब्यबसायी बन्ने जमर्को गरेका छन सामाजिक कार्यमा पनि चौतारी समुह कुबेतमा अग्रपंक्ति रहेको छ ।
विभिन्न संघ सस्थाले संचालन गरेका सहयोग अभियानमा हातेमालो गर्दै रेस्टुरेन्टमै सहयोग रसिद दान पेटिकासमेत जम्मा गरी सम्बन्धित ठाउँमा हस्तान्तरण गर्ने गर्दछन् भने चौतारी समूह आफैले आर्थिक सहयोगको लागि सधैं तयार हुने चौतारी समूह समाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।
प्रतिक्रिया 4