८ असोज, काठमाडौं । अब कतारबाट नेपालमा फोन गर्दा सस्तो हुने भएको छ । कतारको ओरेडु कम्पनीको पि्रपेड मोबाइलबाट नेपाल टेलिकमका टेलिफोन नम्बरमा फोन गर्दा सस्तो दर कायम भएको हो ।
अब ओरेडु कम्पनीको प्रिपेड मोबाइल टेलिकमको नम्बरमा कल गर्दा प्रतिमिनेट झण्डै ५ रुपैयाँ ७५ पैसा मात्र महसुल लाग्ने छ । यसअघिको कलदर प्रतिमिनेट झण्डै १३ रुपैयाँ थियो । शुक्रबारदेखि लागू भएको आफर आगामी कात्तिक ७ गतेसम्म लागू हुनेछ ।
नेपाल टेलिकमको विशेष अनुरोधमा दसैंलाई लक्षित गरी ओरेडु कम्पनीले अफर लागू गरेको हो । अफरबाट झण्डै कतारमा कार्यरत ७ लाख नेपाली लाभान्वित हुने टेलिकमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4