रामचन्द्र नेपाल
क्वालालम्पुर । मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । जाजरकोट खगेनकोट गाविस वार्ड न ३ घर भई केडाहाको जित्रामा रहेको टेस्सी एसडीएन बीएचडीमा कार्यरत अन्दाजी २४ वर्षका डिल्ली परियारको मृत्यु भएको हो ।
अघिल्लो रात खाना खाई सुतेका परियारको आफ्नै ओछ्यानमा मृत भेटिएको परियासका साथीहरुले बताएका छन् । विहान साथीहरुले उठाउदा उनी ओछयानमै मृत भेटिएका थिए ।
उनी दश महिना अगाडि कोर्मा ओभरसिजवाट रोजगारीको लागि मलेसिया आएका थिए । शवलाई पोसमार्टको लागि स्थानिय जित्रा अस्पतालमा लगिएको छ ।
पोष्टमार्टम पश्चात शवलाई नेपाल पठाउने तयारी भैरहेको रवि मगरले जानकारी दिए । परियारको परिवारमा श्रीमती दुई छोरा र एक छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4