बलिउड अभिनेता संजय दत्तको जेल जिवन अब त्यती लामो छैन । उनी सन् २०१६ को मार्च ७ मा जेल मुक्त हुने भएका छन् । सन् २०१३ मे १६ देखि संजय जेल जिवन भोग्दै आएका छन् । उनी जेलमा रहँदा पनि कैयौ पटक बिदामा बाहिर निस्किएका थिए ।
उनले पहिले नै १८ महिना जेल जिवन बिताएका थिए । करिब ४२ महिना संजयले जेल जिवन बिताएका छन् । जेलबाट बाहिर आउने वित्तिकै संजयले उमेश शुक्लाको नयाँ चलचित्र सुरु गर्नेछन् । मुम्बइमा भएको आतंककारी आक्रामणमा प्रत्यक्ष सहयोग गरेको भन्दै संजयलाई अदालतले जेल फैसला सुनाएको थियो ।
संजयले ‘मुन्ना भाई एमबीबीएस, लगे रहे मुन्ना भाई’ जस्ता हिट चलचित्र दिएका छन् । उनी जेलबाट बाहिर आएपछि ‘मुन्ना भाइ’को तेश्रो सिक्वेल बनाउने तयारी पनि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4