+
+

वार्षिक १० अर्बको अलैँची निर्यात

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १६:१७

Cardomom-1३० पुस, झापा । नेपालको पूर्वी पहाडमा उत्पादन भएको अलैँचीले वार्षिक रु दस अर्ब विदेशी मुद्रा भित्र्याउन सफल भएको छ ।

नेपालमा विदेशी मुद्रा भित्र्याउनेमा विप्रेषणपछि अलैँची दोस्रो स्थानमा रहेको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले नेपालमा वार्षिक ५० लाख किलो अलैँची उत्पादन हुने गरेको र त्यो सोझै भारत निर्यात हुने गरेको बताए ।

नेपाली अलैँची भारत र चीनको भन्दा ठूलो र गुणस्तरीय भएको र यसै वर्षदेखि नेपाली अलैँचीको ‘ब्रान्डिङ’ गरिने घिमिरेले बताउनुभयो । ‘नेपालमा २० लाख किसान अलैँची खेतीमा सक्रिय छन्” उनले भने ।

नेपाली बजारमा पहिलो ग्रेड (जेजे) अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९७ हजार, दोस्रो ग्रेड (एसडी)को मूल्य प्रतिमन ९४ हजार रूपैयाँ र तेस्रो ग्रेड (चल्ती) को मूल्य प्रतिमन ९१ हजार रूपैयाँ रहेको छ ।

नेपालमा उत्पादित अलैँची भारत हुँदै खाडी मुलुक र पाकिस्तान निर्यात हुन्छ । इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम बढी अलैँची उत्पादन हुने जिल्लाका रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?