+

पाकिस्तानविरुद्धको टी-२० सिरिज न्यूजिल्याण्डको पोल्टामा

२०७२ माघ  ८ गते १५:२१ २०७२ माघ ८ गते १५:२१
पाकिस्तानविरुद्धको टी-२० सिरिज न्यूजिल्याण्डको पोल्टामा

New-Zealand

८ माघ, काठमाडौं । दोस्रो टी-२० क्रिकेट ९५ रनले जित्दै न्यूजिल्याण्डले पाकिस्तानविरुद्धको तीन म्याचको सिरिज २-१ ले जितेको छ ।

विलिङगनले पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले १९७ रनको लक्ष्य लिएको थियो । जवाफमा पाकिस्तान १६.१ ओभरमा १०१ रनमा अलआउट भयो ।

उसका सर्राफ अहमदले ४१ रन बनाए भने शोएब मल्लिक १४ रनमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

ग्रान्ट एलियट र एडम मिल्नले ३-३ विकेट लिउ भने कोरी एण्डरसनले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । उसका लागि एण्डरसनले ८२ रन बनाए भने मार्टिन गुप्टिल ४२ रनमा आउट भए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय