काठमाण्डौको कमलपोखरीस्थित सीटी सेन्टरमा रहेको कायरा बुटिकको आयोजनामा चौथो पटक ‘कायरा रन वे ४’ आयोजना भएको छ । काठमाण्डौको चिसो मौसममा नेपाली चलचित्रका नायिकाहरुले आफ्नो क्याटवाक मार्फत माहोल तताए । फेसन शोमा सारी, लेहेङ्गा, गाउन, बच्चाका पहिरन समावेश थिए । यस्तै, नायिका तथा मोडलहरुले ट्रेडिशनल र मोडर्न पहिरनमा माहोल तताएका थिए ।
छोटो समयमा नै लोकपि्रयता हासिल गरेको कायरा बुटिकमा नेपाली नायिका, मोडल तथा सर्वसाधारणको आकर्षण बढेको छ । बुटिककी प्रमुख रोजिना श्रेष्ठका अनुसार बुटिकमा तयार भएका पहिरनको प्रमोशनका लागि नै यो फेसन शो आयोजना गरिएको हो । नायिका, भिडियोमा मोडलिङ गर्दै आएका सुन्दरीको साथमा विभिन्न मोडल र बालबालिका र्याम्पमा देखिएका थिए ।
फेसन शोमा नायिकाहरु नीता ढुंगाना, वेनिशा हमाल, बर्षा सिवाकोटी, अनु शाह, स्वस्तिमा खड्का, छुल्ठिम गुरुङ, सुरविना कार्कीले क्याटवाक गरेका थिए । यस्तै, मोडल बर्षा राउत, सम्पदा बाँनियाले पनि र्याम्प तताए । आफ्नो डिजाइनका कारण कायराकी प्रमुख रोजिना श्रेष्ठले छोटो समयमा नै सफलता कमाएकी छिन् ।
प्रतिक्रिया 4