८ फागुन, काठमाडौं । प्रतिलिटर १ सय ७० रुपैयाँका दरले कालोबजारीमा इन्धन किनेर किमाथांका विराटनगर जोड्ने कोसी राजमार्थ निर्माण हुँदै आएको छ ।
नेपाल तर्फ सडक नभएपछि चिनियाँ बजारबाट इन्धन खरिद गरी निर्माण कार्य भइरहेको हो । राष्ट्रिय गौरवको सडक भएकाले निर्माण तीव्र पार्न किमाथांकाबाट २१ किलोमिटर सडक निर्माण सुरु भएको आजको अन्नपूर्णमा समाचार छ ।
खाँदबारीबाट किमाथांकासम्म सडक नजोडिएकाले इन्धन ढुँवानी गर्न सकिँदैन ।
ठेक्का सम्झौतामा सरकारले परराष्ट्र मामिलाबाटै सडक निर्माणमा आवश्यक इन्धन तातोपानी सिगातसे हुँदै ठूवानी गर्न अनुमती दिलाउने भनेपनि स्वीकृति नदिएकाले ब्ल्याकमा इन्धन खरिद गर्न बाध्य भएको निर्माण कम्पनी शर्मा एपेक्स कान्छाराम जेभीका साइड इन्चार्ज भरत कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4