+
+

बुबाको पैसा चोरेर श्रीकृष्णको फिल्म हेर्थिन नितु

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १३ गते १२:३३

nitu-11

काठमाडौं । थोरै फिचर फिल्ममा अभिनय गरेकी नितु पोखरेलले २५ बढी विज्ञापनमा अभिनय गरेकी छिन् । म्यूजिक भिडियोमा पनि कमजोर छैन उनको उपस्थिती ।

‘ठमेल डटकम’मा नायिकाको भूमिका निर्वाह गरेकी नितु त्यसपछि फिल्ममा दोहारिएकी छैनन् । नितु आफु काठमाडौं छाड्न चाहन्निन् । फिल्म निर्मार्ता सकेसम्म सबै सुटिङ काठमाडौ बाहिरै गर्न खोज्छन् ।

सुटिङका लागि तालमेल मिलाउन नसकेकै कारण यो विचमा पाँचवटा फिल्मको प्रस्ताब अस्वीकार गरेकी थिइन् उनले । ‘अहिले काठमाडौंमा गल्स होस्टेल सञ्चालन गरेर बसेकी छु । ब्यबस्थापन आफैंले गर्नुपर्ने भएकाले काठमाडौं बाहिर जान सम्भवै छैन ।’ अनलाइनखबरसँग कुरा गर्दै भनिन् ।

होस्टलको बिजनेश गर्नु अघि उनको औषधी पसल थियो । औषधी पसलवाट कमाई त राम्रै हुन्थ्यो । तर, समय फिटिक्कै निकाल्न नसकिने । उनी भन्छिन् ‘बिहान सटर खोलेपछि बेलुकासम्म त्यही बस्नुपर्ने सिंगै दिन औषधीका चक्की राख्दा र झिक्दैमा बित्थ्यो ।’

सटर कुर्नको गार्‍होले होस्टल ब्यबसाय सुरु गरेकी नितु अहिले दिनमा केही घण्टा घुम्न त पाउँछिन् । तर, ढुक्कैले बाहिर रमाउन सम्भव छैन । ‘एक दिन मात्रै म भईन भने पानी भएन देखि तरकारी मिठो लागेन भन्ने समेतको फोन आउँछ ।’ उनले भनिन् ।

उनका होस्टेलमा अहिले ४५ जना किशोरीहरु बस्छन् । जो उनका बेला बेलाका साथी पनि हुन् । ‘होस्टलमा भएको बेला म उनीहरुसंगै हुन्छु । उनीहरुसंगै फिल्म हेर्न पनि जान्छु ।’ नितुले भनिन् ‘मेरा साथी पनि हुन् उनीहरु ।’

उनको होस्टलमा अहिलेसम्म खराब चरित्रका युवति आएका छैनन् । त्यसकारण अनुशासनमा कडाई गर्नु परेको छैन । तर, सामान्य अनुशासनको सिद्धान्त भने सबैलाई पालना गर्न लगाउँछिन् ।

पैसा चोरेर फिल्म हेर्थिन

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको असली फ्यान हुन् नितु । सिन्धुलीमा हुर्केकि नितुले स्कुल सिन्धुलीमै पढिन् । सिन्धुलीमै रहेको सुभेच्छा सिनेमा हल उनका लागि स्कुल भन्दा पि्रय थियो । ‘स्कुल पढ्दा एउटा पनि फिल्म छोडिन् । श्रीकृष्णको फिल्म पाँच पटक सम्म हेर्थें ।’ नितुले भनिन् ।

घरसंगै थियो सिनेमा हल । धेरै पटक स्कुल डे्रसमै फिल्म हल गएकी छिन् । त्यसरि फिल्म हेरेको घरमा थाह नहोस् भन्नका लागि एउटा उपाय अपनाएकी थिइन् ।

सिनेमा हलमा मध्यान्तर भएको बेला घरमै आउथिन् र पाँच मिनेट बसेर जान्थिन् । उनको घरमै औषधी पसल थियो । औषधी पसलमा भएको बाक्सामा एक पटक हात छिराउन पाएपछि दुईचार दिनलाई पुगिहाल्थ्यो । उनि भन्छिन् ‘पैसा झिकेको थाह पाएपछि ममीले कुटीहाल्नु हुन्थ्यो । तर, बाबाले फकाई फकाई माग्नु हुन्थ्यो ।’

कुनै पनि कामका लागि खर्च चाहियो भने सबै भन्दा पहिला बाक्सामै आँखा लाउने गरेको बताउछिन् । ‘एक पटक झिक्थें, जति आउथ्यो त्यसैले काम चलाउथेँ ।’ एक पटकमा सात हजारसम्म झ्याप पारेको सुनाईन् ।

सानैदेखि खर्चालु स्वभावकी नितुले घर बाहिर बाक्सामा त हात छिराएकी छैनन् । तर, खर्च गर्न डराउदिनन् ‘म अलि खर्चालु नै छु । अहिले पनि मलाई खर्च गर्न डर लाग्दैन ।’

अरुले बद्मासी गर्दा आफ्नो कुरा याद आउँछ

कतिपय केटाकेटी स्कुल डे्रसमै फिल्म हलमा गएको देखेकी छिन् नितुले । स्कुल डे्रसमै हलमा नगईदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई ।

त्यस्ता दृष्य देख्दा उनी आफ्नै बिगतलाई सम्झिन्छिन् । र एक्लै हाँस्छिन् । होस्टलमा बस्ने किशोरीहरुलाई टाईट नगर्नुको कारण पनि त्यहि हो रे ।

प्रियंका र नम्रता देख्दा डाह लाग्छ

पछिल्लो समय एकसय एक कलाकार आएको अनुभव गरेकी छिन् नितुले । पछिल्ला समय आएका नायिका मध्ये प्रियंका कार्की र नम्रता श्रेष्ठको काम देख्दा हल्का डाह लाग्छ उनलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?