+
+

गणतन्त्र दिवसमा न्युयोर्कमा नेपाल डे परेड हुने

न्युयोर्क । अमेरिकाको ब्यस्त शहर न्युयोर्कमा बस्ने नेपाली समुदाय संगठित भएका विभिन्न संघसंस्था मिलेर आगामी गणतन्त्र दिवसका दिन भब्य नेपाल डे परेड गर्ने भएका छन् ।

न्युयोर्कको मुटु म्यानहटनको ब्रोड वेमा २९ स्टि्रटदेखि १८ स्टि्रटसम्म ट्राफिक ठप्प पारेर मे २२ मा परेड गर्न लागिएको हो । परेड कार्यक्रमको संयोजन गरिरहेका प्रवासी नेपाली मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २३ गते ८:२७

Nepal day pared

लीलानाथ घिमिरे
न्युयोर्क । अमेरिकाको ब्यस्त शहर न्युयोर्कमा बस्ने नेपाली समुदाय संगठित भएका विभिन्न संघसंस्था मिलेर आगामी गणतन्त्र दिवसका दिन भब्य नेपाल डे परेड गर्ने भएका छन् ।

न्युयोर्कको मुटु म्यानहटनको ब्रोड वेमा २९ स्ट्रिटदेखि १८ स्ट्रिटसम्म ट्राफिक ठप्प पारेर मे २२ मा परेड गर्न लागिएको हो । परेड कार्यक्रमको संयोजन गरिरहेका प्रवासी नेपाली मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएका हुन् ।

नेपाली कला, संस्कृतिलाई अमेरिकीमाझ चिनाउन गर्न लागिएको परेडका लागि ब्रोडवे प्रयोग गर्न न्युयोर्क नगरसँग आयोजकले स्वीकृति लिएका छन् । ऐतिहासिक रुपमा परेडलाई भब्य बनाउन कार्यक्रमको संयोजन गरिरहेका ती सस्थाले यहा कार्यरत नेपाली सस्थाहरुसग आयोजकमा सहभागी हुन आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्ति अनुसार नेपाल डे परेडको उद्घाटन अमेरिकी बरिष्ठ सिनेटर चाल्स डे सुमरले गर्ने छन् । सुमरले भूकम्प गएका बेला अमेरिकामा रहेका नेपालीलाई टेम्पोररी प्रोटेक्सन स्ट्याटस (टिपिएस) दिलाउन वकालत गरेका थिए । उनको पहलले नेपालीले यस्तो सुविधा पाएका छन् ।

नेपाल डे परेडमा नेपाललाई चिनाउने सगरमाथा, गौतम बुद्ध, पशुपतिलगायतका झाँकी प्रस्तुत गरिने प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय थापाले बताए । उनका अनुसार परेडमा सहभागी हुने हरेक नेपाली आफ्नो राष्ट्रियता, जातीय पहिचान झल्कने पोशाकमा सहभागी हुनेछन् । हरेकलाई आयोजकले नेपाली झण्डा उपलब्ध गराउने छन् ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपाल डे परेड गर्न निकै कठिनाइपूर्वक अनुमति पाएको बताए । उनले यसपाली नेपाल डे परेडको सुरुआत भएको बताउँदै अर्को बर्षदेखि नेपाल डे परेड आयोजना गर्न स्थायी कमिटि बनाएर जिम्मा दिइने बताए ।

न्युयोर्क स्थिति नेपाली बाणिज्य दूतावासका महाबाणिज्य दूत नाराया मैनालीले न्युयोर्कको म्यानहटन जस्तो ब्यस्त ठाउमा ट्राफिक बन्द गरेर कार्यक्रम गर्ने अबसर पाउनु ठूलो अबसर भएको बताउदै कार्यक्रममा नेपाली समुदायले आफ्नो सशक्त उपस्थिति देखाउनु पर्ने बताए । ‘हामीले सशक्त उपस्थिति देखाउन सके यहाँको सरकारले नेपाली समुदायलाई हेर्ने दृष्टिकोणमै परिवर्तन आउनेछ,’ उनले भने ।

nepal day paress meet

कार्यक्रम आयोजना गर्न नेपाली बाणिज्य दूतावासले आयोजकलाई विशेष सहयोग र समर्थन गरेको छ । त्यस्तै आयोजकमा कार्यक्रमको संयोजन गरिरहेका तीन सस्थासहित नेपाली अमेरिकी कलाकार संघ, एसोसिएसन अफ नेप्लिज तराइयन इन अमेरिका, रिज्उड नेपाली समाज, एनआरएन अमेरिका न्युयोर्क च्याप्टर, शेर्पा किदुङ, तमु सोसाइटी अफ अमेरिका, किरात राइ सोसाइटी अफ अमेरिका, मगर संघ अमेरिका लगायतका संघसस्था आयोजक छन् ।

अमेरिकामा रहेका नेपाली हरेकले नयाँ संगठन बनाएर आफू नेता बन्ने प्रवृत्ति देखिएको छ । ती संघसंगठनले अर्काले आयोजना गर्न लागेको कार्यक्रममा खुट्टा तान्ने प्रवृत्ति यस कार्यक्रममा समेत देखिन लागेको छ । त्यसको असर पत्रकार सम्मेलनमै देखियो ।

परेड गर्न लागेको दिन तय गर्दा किन बुद्ध जयन्ती , सगरमाथा दिवसमा नराखेर गणतन्त्र दिवसमै राखियो भनेर केहीले विवाद झिकेका थिए । केही सस्थाका प्रतिनिधिले भने कार्यक्रमको संयोजन गरिरहेका तीन संस्थाले मात्र क्रेडिट लिन खोजेको भन्दै विवाद गरेका थिए ।

नेपाल डे कार्यक्रममा अयोजक बसेपछि नेपाली कांगेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति विभाजित भएको छ । समितिका अध्यक्ष आनन्द विष्टलाई अरु केही उपाध्यक्ष र सदस्यले निलम्बन गरेको घोषणा यसै साता गरेका छन् ।

आफ्नै संगठनलाई मिलाउन नसक्नेले कसरी नेपाल डे परेड आयोजना गर्न सक्छ भनेर विष्टलाई धेरैले कार्यक्रममा प्रश्न गरेका थिए । बिष्टले घर झगडा आफैले मिलाउने बताउदै नेपालीको पहिचान दिलाउने सामाजिक काममा विवाद नगर्न सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागी अधिकांशले भने नेपाल र नेपालीलाई अमेरिकामा पहिचान दिलाउने नेपाल डे परेड कार्यक्रम लाई भब्य बनाउन यहाँ रहेका सबै नेपालीले विवाद नझिकी सहयोग गर्नु पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?