+
+

सिंहदरवारमै प्रहरीले फोटो पत्रकारको घाँटी अठ्याएर बुट र लाठी बर्सायो (भिडियोसहित)

२८ चैत, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रियाविरुद्ध आन्दोलनरत कर्मचारीको समाचार संकलनका क्रममा प्रहरीले पत्रकारमाथि आक्रमण गरेको छ ।

आन्दोलन भइरहेको खबर आएपछि अनलाइनखबरका फोटो पत्रकार कविन अधिकारी सिंहदरवार पुगेका थिए । त्यहाँ खटिएका प्रहरीले चार जना आन्दोलनरत कर्मचारीलाई पक्राउ गर्‍यो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २८ गते १६:२०

kabin adhikari, Photo Journalist

  • कविन अधिकारी, फोटो पत्रकार, अनलाइनखबर

२८ चैत, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रियाविरुद्ध आन्दोलनरत कर्मचारीको समाचार संकलनका क्रममा प्रहरीले पत्रकारमाथि आक्रमण गरेको छ ।

आन्दोलन भइरहेको खबर आएपछि अनलाइनखबरका फोटो पत्रकार कविन अधिकारी सिंहदरवार पुगेका थिए । त्यहाँ खटिएका प्रहरीले चार जना आन्दोलनरत कर्मचारीलाई पक्राउ गर्‍यो ।

लगतै कसैले प्रहरीको भ्यानमा गमला उचालेर हान्यो । त्यो प्रहरीको गाडीमा भएको तोडफोड र पक्राउको तस्वीर खिचिरहेका फोटो पत्रकार अधिकारीको घाँटी एक प्रहरीले अठ्यायो ।

हातमा फाइलहरु बोकेका उनी डीएसपीको सहयोगी जस्ता देखिन्थे । अधिकारीले भने, ‘उसले मेरो घाँटी अठ्याएपछि यो खिच्ने कि त्यो खिच्ने भन्न थाल्यो । त्यसपछि ममाथि पुलिसको बुट र लाठी बर्सियो ।’

Kabin-adhikari,-Onlinekhabar

प्रहरीले घेरा हालेर कुट्दा पनि कसैले रोकेनन् । प्रहरीले कुटेर थलिएका उनले कार्यालयमा फोन गरेर सहयोग मागेपछि उद्दार गरेर अहिले बुद्धनगरस्थित ह्याम्स अस्पताल लगिएको छ ।

पत्रकारलाई कुटेको थाहा पाएपछि डीएसपी प्रजित केसीले केही गरेनन् । घटनाबारे बुझ्न जाँदा उनले पत्रकार कुटिएको थाहा भएको बताए । तर, अस्पताल लैजान समेत चासो दिएनन् । बरु ‘जे सुकै गर्नुस्’ भन्ने जवाफ दिए । आक्रमणको सर्बत्र भ्रत्सना भएको छ ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?